कर सहयोगी श्रमिक संगठन, नेपालको स्थापना २०६३ भाद्र १७ गते भएको हो ।
कर लेखा क्षेत्रमा निरन्तर काम गर्ने श्रमिक वर्गको हकहित गर्नको लागि स्थापना भएको संगठन हो ।
कर सहयोगी श्रमिक संगठन, नेपालको संस्थापक अध्यक्ष नाम उद्धव प्रसाद कडरिया हो ।
कर सहयोगी श्रमिक संगठन, नेपालको संस्थापकहरु १३ जना थिए ।
कर सहयोगीहरुको प्रमुख भूमिका राज्य करदाता बिच सहजिकरण गर्ने प्रमुख भूमिका हो ।
अधिराज्य भरि अनुमानिक कर सहयोगीहरुको संख्या २० देखि २५ हजारको हाराहारीमा छन ।
कर सहयोगी श्रमिक संगठन, नेपालको संरचना निम्न प्रकारका छन् ।
क) केन्द्रिय कमिटि
ख) प्रदेश कमिटि
ग) जिल्ला कमिटि
कर सहयोगी श्रमिक संगठन, नेपालको प्रदेश कमिटि निम्न बमोजिम गठन भएको छ ।
क) कोशी प्रदेश कमिटि
ख) मदेश प्रदेश कमिटि
ग) बागमती प्रदेश कमिटि
घ) गण्डकी प्रदेश कमिटि
ङ) लुम्बिनी प्रदेश कमिटि
छ) कर्णाली प्रदेश कमिटि (गठन हुन बाँकी)
ज) सुदुर पश्चिम प्रदेश कमिटि (गठन हुन बाँकी)
कर सहयोगी श्रमिक संगठन, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि बरिष्ठ अर्थशास्त्री पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रमणि अधिकारी तथा बिशिष्ट अतिथि अर्थ मन्त्रालयका अर्थ सल्लाहकार श्री डा सुरेश उप्रेति क्हुनुहुन्थ्यो ।