कर सहयोगी श्रमिक संगठन नेपालको राष्ट्रिय परिषदको चौथो बैठकमा यस संगठनका केन्द्रिय महासचिव श्री नवराज बर्तौलाले प्रस्तुत गर्नुभएको संगाठानिक प्रतिवेदन
यस कर सहयोगी श्रमिक संगठन नेपालको गरिमामय राष्ट्रिय परिषदको चौथो बैठकको अध्यक्षता गरिरहनु भएका यस संगठनका अध्यक्षज्यू, हाम्रो निमन्त्रणालाई सहर्ष स्विकार गरि पाल्नुभएका प्रमुख अतिथिज्यू, संस्थापक अध्यक्षज्यू, बिशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, पत्रकारज्यूहरु, संगठनका केन्द्रिय पदाधिकारी तथा सदस्य ज्यूहरु, विभिन्न प्रदेश कमिटिका पदाधिकारी तथा सदस्यज्यूहरु, बिभिन्न जिल्ला कमिटिबाट पाल्नुभएका पदाधिकारी तथा सदस्यज्यूहरु लगायत उपस्थित प्रतिनिधि तथा परिवेक्षकज्यूहरु, अन्य आगन्तुक व्यत्तित्वहरु लगायत सम्पुर्ण राष्ट्रिय परिषदका सदस्यज्यूहरुमा म यस संगठनको तर्फ बाट तथा मेरो ब्यत्तिगत तर्फ बाट हार्दिक स्वागत तथा न्यानो अभिवादन ब्यक्त गर्न चाहन्छु ।
संगठनको स्थापना गर्नुको उद्धेश्य र इतिहास
कर लेखाको क्षेत्रमा लामो समय देखि काम गरिरहेका अस्थायी प्रकृतिका र असंगठित क्षेत्रका श्रमिकहरुको साझा र देशभरिमा नै एक मात्र संगठन हो कर सहयोगी श्रमिक संगठन नेपाल । २०६२ सालमा तत्कालिन श्री ५ को सरकारले कर सहयोगीको अवधारणा ल्याई परिक्षा लिने काम भयो । त्यसपछि कर सहयोगीहरुले २०६३ सालमा कर सहयोगी श्रमिक संगठनको स्थापना गरि संगठित र संस्थागत रुपमा अगाडी बढिरहेका छन् । यो संगठन स्थापना भएपछि यसले व्यापारी र उद्योगीहरुलाई कर लेखा राख्न, समयमा कर तिर्न, व्याज र जरिवानाबाट मुक्त्त रहन, दर्ता गरेर मात्र व्यवसाय गर्न कर सम्बन्धि ऐन कानुनको बारेमा जानकारी राख्न सहयोग गरिरहेको छ ।
त्यस्तै राज्यलाई राजश्वमा रहेको बक्यौता असुली गर्न, ननफाईलर हटाउन, व्यवसायीलाई करको दायरामा ल्याउन, ऐन कानुन सम्बन्धि करदातालाई बुझाउन, घर बहाल तिर्न प्रेरित गर्ने कार्यमा सहयोग गर्दै आएको छ । यो संगठनले राजश्व असुली करको क्षेत्र विस्तार गर्न, व्यवसायी तथा सरकारलाई सहयोगीको भूमिका निर्वाह गर्दै आइरहेको छ । देशको आर्थिक तथा भौतिक विकासका लागि प्रतक्ष्य करको दर र दायरालाई बृद्धि गर्दै राजश्व प्रशासनमा सरकारका सुधारका कदमहरु स्वागत योग्य छन् । राजश्व बृद्धिको लागि चुहावट नियन्त्रण गर्ने र नागरिकलाई कर तिर्न प्रोत्साहन गर्ने सरकारको पहलमा सहकार्य गर्दै र यसै क्षेत्रमा कार्यरत देशको विभिन्न ठाँउमा क्रियाशिल हामी कर सहयोगीहरु सहभागी हुँदै आएका छौं । साथै कर सहयोगीहरुको पेशागत क्षमता अभिबृद्धि गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउन यो संगठन आफ्नो अधिकार र पहिचान प्राप्तका निम्ती निरन्तर संघर्षरत छ ।
मुल्य अभिबृद्धि कर नियमावलीको २०५३ को मूल नियमावलीमा नियम थप गरी नियम ५८ (क) १ मा करसहयोगी राख्न सक्ने (१) करदाताले कर सम्बन्धमा आवश्यक जानकारी तथा सहयोग लिन कर सहयोगी राख्न सक्ने छ । (२) उपनियम (१) बमोजिमको कर सहयोगीको लागि आवश्यक पर्ने योग्ता, निजको स्तर लगायत अन्य ब्यवस्था विभागले तोके बमोजिम हुने छ । भन्ने ब्यवस्था भए पछि संगठन निर्माण तर्फ हामी कर सहयोगीहरु एकजुट भई संगठन स्थापना गर्ने निधो गरी यस संगठनको स्थापना २०६३ भाद्र १७ गते भएको हो । २०६२ र २०६३ सालमा पटक÷पटक गरी ३ पटक सम्म कर सहयोगी प्रमाण–पत्रको परिक्षा आन्तरिक राजस्व विभाग र जन प्रशासन क्याम्पसले संयुक्तरुपमा लिएको थियो । परिक्षाको दस्तुर स्तर— १ र स्तर —२ दुवैलाई एक हजार थियो । स्तर— १ को योग्यता कम्तीममा एस.एल.सी. वा सो सरह र स्तर— २ को लागि योग्यता कम्तीमा आई.ए. वा आई कम हुनु पर्ने र दुवै तहमा (स्तर —१ र स्तर —२) परिक्षा दिने परिक्षार्थी नेपाली हनुपर्ने ब्यवस्था थियो । यसरी परिक्षा लिएर पास भएका करिब १७ सय जना जतीले कर सहयोगी परिक्षा पास गरेर प्रमाण पत्र लिएका थिए ।
कर सहयोगीको लागि आवश्यक पर्ने योग्ता, निजको स्तर लगायत अन्य ब्यवस्था आ.रा.का. विभागले तोके बमोजिम हुनेछ भनिएकोमा विभागमा सगंठनको तर्फबाट पटक पटक ताकेता गर्दा महानिर्देशक चुणामणी शर्माज्यूले कर सहयोगीको काम, कतव्य र अधिकारको लागि निर्देशिका जारी गर्नको लागि एक उप समिति गठन गरि तयारी शुरु गरेको र सम्बन्धीत निकायहरुबाट कर सहयोगीको बारेमा राय तथा सुझावहरु माग्ने क्रममा महानिर्देशक चुणामणी शर्माज्यू निलम्बन परेकोले कर सहयोगीको निर्देशिका बन्ने काम रोकिएको थियो ।
२०७६ साल जेष्ठ महिनाको १५ गते आर्थिक विधेक प्रस्तुत गर्दा मुल्यबृद्धि कर नियमावाली २०५३ को नियम ५८ (क) झिकिएको भनि आर्थिक विधेक प्रस्तुत भयो । सो को बिरोधमा आफ्ना संगठनका माग तथा सूझाव पत्र लिएर पुनः तत्कालिन अर्थमन्त्री ज्यू र बिभागका महानिर्देशक ज्यू समक्ष ज्ञापनपत्र पेश गर्ने काम भयो । सो को सुनुवाई नभएपछि २०७६ साल जेष्ठ महिना ३२ गते कर सहयोगीको केन्द्रिय कमिटि र सम्पूर्ण जिल्ला अध्यक्ष, प्रदेश सचिवहरुको उपस्थितिमा बिस्तारीत बैठक बसी कानुनी उपचारको बाटो पनि खोज्ने विभिन्न दवाव मुलक कार्यक्रमहरु पनि निरन्तर जारी राख्ने निर्णय गरीयो सो बमोजिम २०७६ साल साउन महिनाको २२ गते सम्मानित सर्बोच्च अदालत समक्ष रिट दायर गर्ने निर्णय भयो ।
२०७६ साल श्रावण महिनाको २९ गते रिट उपर छलफल गर्दै सर्बोच्च अदालतले नेपाल सरकारका नाममा करसहयोगीहरुले खाइपाइ आएको पेशाको सेवासुविधा प्रति हनन् नगर्नु, काम गर्न उनिहरुलाई यथावत कायम राखि काम गर्न दिनु भनि अन्तरिम आदेश जारी ग¥यो हाल सम्म हामी सम्मानित सर्वोच्च अदालत द्धारा अन्तरिम आदेश प्राप्त गरी कर सहयोगीको पेशामा कानूनी बैध्यताका साथ रहेका छौं ।
संगठनको भेला, सम्मेलन तथा परिषद् बैठक
यो संगठनको स्थापना पछि यसले एउटा पहिलो राष्ट्रिय भेला गरि राष्ट्रिय भेलाले संगठनको नाम नेपाल कर सहयोगी श्रमिक संगठन राख्ने र सोको विधान पास गर्ने काम ग¥यो ।
पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन तत्कालिन अर्थ मन्त्री श्री भरतमोहन अधिकारीज्यूले गर्नुभएको थियो ।
दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व अर्थराज्य मन्त्री, बरिष्ठ उद्योगपति एवम कर सहयोगीको अवधारण ल्याउनु हुने सम्मेलनका प्रमुख अतिथि डा. रुप ज्योती र बिशिष्ठ अतिथि आन्तरिक राजश्व विभागका महानिर्देशक श्री चुणामणि शर्माज्यूले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
तेस्रो राष्ट्रिय सम्मेलन “समृद्ध राष्ट्र निर्माणको निम्ती करदातामैत्री राजश्व वृद्धिको अभियान, सम्मानित पेशाको निम्ती कर सहयोगीको अधिकार र पहिचान” भन्ने मुल नाराका साथ २०७९ असार ३ गते सम्पन्न भयो । उक्त सम्मेलनको उद्घाटन बरिष्ठ अर्थशास्त्री पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणि अधिकारीज्यू र बिशिष्ट अतिथि तत्कालिन अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार अर्थविद डा. सुरेन्द्र उप्रेतीज्यूले संयुत्त रुपमा गर्नु भयो ।
२०७३ साल जेष्ठ महिना १ गते प्रथम राष्ट्रिय परिषद्को बैठक बिराटनगरमा १३ सुत्रीय बिराटनगर घोषणा पत्र पास गर्दै सम्पन्न भयो । उक्त राष्ट्रिय परिषद्को बैठकको प्रमुख अतिथि चुडामणी शर्माले शब्द द्वारा उद्घाटन गर्नुभयो र आफु करसहयोगीहरुलाई ब्यवस्थापन गर्न छिटै निर्देशिका जारी गर्ने काममा लागी परेको जानकारी दिनुभयो ।
२०७४ साल माघ २७ गते दास्रो राष्ट्रिय परिषद्को बैठक काठमाण्डौमा सम्पन्न भयो । उक्त बैठकको उद्घाटन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक किशोर जंग कार्कीले कर सहयोगीहरुलाई राज्यद्धारा अधिकार र पहिचान दिन निर्देशिका जारी गर्ने कार्यमा आफु लागी पर्ने बताउनु भयो । उक्त कार्यक्रममा बिशेष अतिथि विभागका उप—महानिर्देशक यज्ञ प्रसाद ढुंगेल लगायत प्रमुख कर अधिकृतज्युहरुको समेत बाक्लो उपस्थिति रह्यो र सो बैठकले संगठनका माग समेट्दै १७ बुदे काठमाण्डौ घोषणा पत्र जारी ग¥यो ।
तेस्रो राष्ट्रिय परिषद् बैठक २०७५ साल चैत्र महिना २६ गते पोखरामा सम्पन्न भयो र तत्कालिन गण्डकी प्रदेशका अर्थमन्त्री श्री किरण गुरुञ्ले उक्त तेस्रो राष्ट्रिय परिषद्को उद्घाटन गर्दै कर सहयोगी राज्यको लागि आवश्यक रहेकोले कानुनी प्रकृयामा सामेल गर्न आफ्नो तर्फबा६ विशेष पहल गर्ने बिचार व्यतm गर्नुभयो भने बैठकका बिशिष्ट अतिथि आराका पोखराका प्रमुख कर अधिकृत श्री केशव कुमार उप्रेति हुनुहुन्थ्यो र गण्डकी प्रदेश अन्र्तगत उद्योग बाणिज्य संघका अध्यक्ष ज्यू र प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । सो बैठकले २१ सुत्रिय संगठनका माग र सुझावहरु समेटेर पोखरा घोषणा पत्र जारी ग¥यो ।
निजि क्ष्ोत्र र यस संगठन बीचको सम्बन्धः
उद्यमी व्यापारीहरु संग हाम्रा सदस्यहरुको सुमधुर सम्बन्ध रहेको पाइएको छ । व्यापारीले स्थायी प्रकृतिको कर्मचारी राखेर कर लेखाको काम गराउदा उसको लागत खर्च बद्छ तर कर सहयोगीहरुबाट काम गराउदा लागत खर्च कम पर्ने हुनाले कर सहयोगीबाट नै काम गर्न रुचाउछन् । त्यसैले कर सहयोगीहरु अझ बढी अध्ययनशील मेहनती र इमानदार भएर पेशा प्रति प्रतिबद्ध रहनु जरुरी छ ।
हाम्रो र निजी क्षेत्रको बिचमा अत्यन्तै सुमधुर सम्बन्ध रहि आएको छ । ब्यबहारिक हिसाबले कर सहयोगी बिना कर लेखाको काम सम्भव छैन भनी नीजि क्षेत्रले भन्ने गरेको छ । तर सस्थागत हिसाबले नीजि क्षेत्रले कर सहयोगीहरुलाई कानुनी दायरामा ल्याउन सहयोग गर्नुपर्दछ । उद्योग वाणिज्य महासंघ, च्याम्बर अफ कमर्स र अन्य ब्यापारिक संघ सस्ंथाले कर सहयोगी चाहिन्छ भनेर सस्थागत हिसाबले सरकारसग लविङ्ग गर्नुपर्ने देखिन्छ ।
सारांश
हामी कर सहयोगीहरुले राज्यलाई राजश्व वृद्धि गर्न,राजश्वका नया क्षेत्रहरु खोजी गर्न, राज्यले कर्मचारी व्ययभार कम गर्न, व्यरोजगारको संख्या घटाउन र रोजगारीको अवसर सिर्जना गर्न राज्यलाई सहयोग पु¥याउदै आएका छौ । शिक्षित बेरोजगार युवा, युवतीहरुलाई कर लेखाको काम लगाएर, सिकाएर, तालिम दिएर ब्यवस्थित र संगठित गरेर श्रम आन्दोलनमा सहयोग गरेको छ । त्यसै गरि नीजि क्षेत्रका उद्यमी, व्यबसायीहरुलाई वर्तमान आयकर, मु.अ.कर र अन्तःशुल्क जस्तो जटिल कर प्रणालीको लेखा राख्ने काम अत्यन्तै जिम्मेवारीपूर्ण ढंगले न्यून शुल्कमा गरेर करको ब्याज र जरिवानाको झन्झटबाट मुक्त रहने अवस्था सृजना गरेका छौ ।
संगठनको केन्द्रिय बैठकको जानकारी
तेस्रो राष्ट्रिय सम्मेलन पछि यस संगठनको केन्द्रिय कमिटिको बैठक विभिन्न मिति र स्थान हाल सम्म जम्मा ७ चोटी बसि विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरि निर्णयहरु गरेको छ ।
प्रथम बैठक २०७९ साल असार ३ गते शुक्रबार थापागाउँ नयाँवानेश्वर स्थित काठमाण्डौ ब्याङ्क्वेट मा बसी संगठनका पदाधिकारी तथा सदस्यहरुको चयन गरिएको थियो । जस अनुसार पदाधिकारी १३ जना तथा सदस्य १६ जना चयन गरिएको थियो ।
दोस्रो वैठक २०७९ साल अषाढ ४ गते शनिवार का दिन संगठनका अध्यक्ष श्री तारानाथ दाहालको अध्यक्षतामा बसी तेस्रो राष्ट्रिय सम्मेलनको समिक्षा, प्रदेश संयोजक तोक्ने, आर्थिक ब्यवस्थापन, विविधमा बैंक खाता संचालन, लेवी तोक्ने बारे, धन्यवाद प्रस्ताव, कर्मचारी न्यूक्ति, उप समिति गठन, बार्षिक कार्ययोजना र मोबाईल बैंकिङ सम्बन्धि प्रस्ताव माथी छलफल गरी निर्णय गरिएको थियो ।
तेस्रो बैठक २०७९ साल भाद्र १७ गते शुक्रबार अनामनगरमा बसेको थियो । उक्त बैठकको अध्यक्षता संगठनका अध्यक्षले गरी सचिवालय गठन अनुमोदन, केन्दिय कमिटिको नियमित वैठक तोटक्ने, सदस्य मनोनयन जस्ता प्रस्ताव माथी छलफल गरी निर्णयहरु गरिएको थियो । जसमा मकवानपुर जिल्ला हेटौडाबाट प्रतिनिधित्व हुने गरी महिला सदस्यको रुपमा श्री शुभद्रा संजेललाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको थियो ।
चौथो बैठक २०७९ साल माघ १४ गते शनिबार धुलिखेल लज रिसोर्ट काभ्रेपलाञ्चोकको धुलिखेलमा संस्थाका अध्यक्ष श्री तारानाथ दाहालज्यूको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष श्री उद्धव प्रसाद कडरिया ज्यूको प्रमुख आतिथ्यतामा बसी कार्यालय ब्यवस्पन, प्रदेश समन्वय कमिटिको पुनरगठन सम्बन्धमा कोशी प्रदेशबाट संयोजक पिताम्बर नेपाल र सचिव चुडामणी कार्की मदेश प्रदेशबाट संयोजक उमेश शाह र सचिव मृगेन्द्र कुमार यादव बागमती प्रदेशबाट संयोजक सानुकाजी पाठक र सचिवमा प्रदिप अर्याल गण्डकी प्रदेशबाट संयोजक सुदिप अधिकारी लुम्बिनी प्रदेशबाट संयोजक दिपक गैरे र सचिवमा बाबुराम भट्टराई नियुक्ति गरियो, पेशागत महासंघमा आवद्धता र प्रदेश तथा जिल्ला कमिटिलाई लेवी दायित्व तोक्ने प्रस्ताव माथी छलफल गरी निर्णय गरिएको थियो ।
पाँचौ बैठक २०८० साल जेष्ठ २७ गते शनिबार खुसी खुसी होटल मातातिर्थ काठमाण्डौमा अध्यक्ष श्री तारानाथ दाहालको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष श्री उद्धव प्रसाद कडरिया ज्यूको प्रमुख आतिथ्यता बसी जिल्ला कमिटि गठन तथा पुनरगठन सम्बन्धमा जिल्ला अधिवेशन भएका जिल्लाहरु विराटनगर, झापा, उदयपुर, जनकपुर र इटहरी सुनसरी साथै नयाँ गठन भएका जिल्लाहरु सिन्धुली र कपिलवस्तुको अनुमोदन गरियो । उक्त कार्यक्रम सम्पन्न गर्न सरिक उपस्थित हुने संगठनका अध्यक्ष श्री तारानाथ दाहाल, बरिष्ठ उपाध्यक्ष श्री नारायण प्रसाद पौडेल, प्रथम उपाध्यक्ष श्री पदम नारायण त्रिपाठी, महासचिव श्री नवराज बर्तौला, उप महासचिव श्री किरण ढुंगेल, आर्थिक सचिव श्री मदन पराजुली, सचिव श्री पिताम्बर नेपाल र सचिव बिष्णु प्रसाद आचार्य लाई धन्यबाद दिईयो, केन्द्रिय सदस्य मनोनयन सम्बन्धमा विराटनगर बाट सुशिल प्रसाद रौनियार, जनकपुरबाट दिपेन्द्र शाह र झापाबाट भुपेन्द्र भण्डारीलाई मनोनयन गरियो । त्यसैगरि आर्थिक, जिल्ला कमिटिको लेभि, आर्थिक वर्ष अनुसार संगठनको गतिविधि, संगठनको वेबसाईट निर्माण, कर्मचारी नियुक्ति, सचिवालयको निर्णयहरुको अनुमोदन, राष्ट्रिय परिषद्को बैठक र विविध प्रस्ताव माथी छलफल गरी निर्णय गरिएको थियो ।
छैठौं बैठक २०८० साल अश्विन ६ गते शनिबार संगठनको केन्द्रिय कार्यालय काठमाण्डौमा अध्यक्ष श्री तारानाथ दाहालको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष श्री उद्धव प्रसाद कडरियाज्यूको प्रमुख आतिथ्यता बसि रिपोटिङ तथा बार्षिक उत्सव समिक्ष, सचिवालयको निर्णयको अनुमोदन, राष्ट्रिय परिषद् बैठक, वेबसाईट अध्यवधिक, संगठन गठन र पुर्नगठन, चेम्बर अफ कमर्शमा आवद्धता, केन्द्रिय सदस्यहरु श्री सुदिप अधिकारी र श्री भवानी चौलागाईको राजिनाम स्विकृती, आर्थिक, अगामी केन्द्रिय कमिटिको बैठक र विविध प्रस्ताव माथी छलफल गरी निर्णय गरिएको थियो ।
सातौं बैठक २०८० साल माघ २७ गते शनिबार ह्वाईट हाउस रिसोर्ट किर्तिपुर बोसनडाँडा काठमाण्डौमा अध्यक्ष श्री तारानाथ दाहालको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष श्री उद्धव प्रसाद कडरियाज्यूको प्रमुख आतिथ्यता बसि रिपोटिङ, राष्ट्रिय परिषद् बैठक, श्री सम्झना तिवारीलाई केन्द्रिय सदस्यमा मनोनयन, आर्थिक, वेबसाईट उद्घाटन, संगठन गठन र पुर्नगठन र विविध प्रस्ताव माथी छलफल गरी निर्णय गरिएको थियो ।
संगठनको सचिवालयको बैठकको जानकारी
यस संगठनको सचिवालयाको बैठक विभिन्न मिति र स्थान हाल सम्म जम्मा १२ चोटी बसि विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गरि निर्णयहरु गरेको र शो निर्णहरु केन्द्रिय कमिटिको बैठकबाट अनुमोदन गर्ने गरेको व्यहोरा सबैमा जानकारी गराउन चाहान्छु ।
संगठन निर्माणमा अहोरात्र लागि परेका तथा संगठनको निर्देशिका जारी गराउन तथा सर्बोच्च अदालतद्धारा अन्तरिम आदेश प्राप्त गरी कर सहयोगीको पेशामा कानूनी बैध्यताका साथ राख्न भोक प्यास नभनी हातमा हात मिलाउदै संगठनको क्रियाकलापलाई ससक्त्त बनाउदै लैजानुहुने संगठनका केन्द्रिय अध्यक्षज्यू, संस्थापक अध्यक्षज्यू, लगायत आ–आफ्नो क्षेत्रबाट सके सम्मको सहयोग गर्नुहुने केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यज्यूहरु, प्रदेश कमिटिका संयोजक, सचिवहरु, सदस्यहरु, जिल्ला कमिटिहरुका पदाधिकारी लगायत सदस्यज्यूहरु तथा सम्पूण कर सहयोगी साथिहरुलाई यस संगठनको तर्फबाट तथा मेरो ब्यत्तिगत तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहान्छु ।
अन्त्यमा,
चौथो राष्ट्रिय परिषद् बैठक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुमा धन्यबाद दिन चाहान्छु । प्रतिवेदनमा कुनै विषयहरु छुट्न गएमा वा कमजोरिहरु भएमा यहाँहरु बाट सल्लाह तथा सुझावको अपेक्षा गर्दै विदा लिन चाहन्छु ।
धन्यबाद ।
नवराज बर्तौला
केन्द्रिय महासचिव