प्रस्ताव
कर सहयोगी श्रमिकहरु संगठित र एकताबद्ध हौं ।
प्रिय साथीहरु, करलेखाको क्षेत्रमा करदाता र कर कार्यलयको सहयोगिको रुपमा कार्यारत श्रमजिवी मित्रहरु हामिले हाम्रो पेशागत हकहितको निम्ती के कसरी अगाडी बढ्नुपर्छ भन्ने कुरा हामी आफैले सोच्न जरुरी छ । किन भने आजको युग २१औं शताब्दीको युग हो । यो समयमा संगठन र बलको आवश्यकता छ। बिना संगठन शक्तिबल प्राप्त हुदैन । शक्ति बिना अधिकार सुनिश्चित हुन सक्दैन् त्यो सामुहिक सोच, सहभागिता र सक्रियताले मात्र संभव हुन्छ ।
यसैले हामी करसहयोगी प्रमाणपत्र हासिल गरेका तथा लामो समय देखि उधोग र व्यापारको क्षेत्रमा मु.अ. कर, आयकर र अन्तशुल्क सम्बन्धी कर लेखाको काम गरेका राजश्व प्रशासनसँग जिबीत सम्पर्कमा रहेर काम गर्ने सबै श्रमजिवी मित्रहरुले आफ्नो हक अधिकार प्राप्तीका लागी एउटा श–सक्त संगठन निर्माण गरी तल उल्लेखित कार्यमा जुट्न जरुरी छ ।
१) कर सहयोगिको भुमिका परिभाषित गर्ने ।
२) पेशागत मर्यादा कायम गर्ने ।
३) पेशागत हक र अधिकार सुनिश्चित गर्ने।
४) नेपालि नागरिकहरुले मात्र कार्य गर्न पाउनु पर्ने नागरीक अधिकारको ग्यारेन्टी गर्ने।
५) श्रम अनुशारको परिश्रमिक तथा सुविधा सुनिश्चित गर्ने ।
६) हामि माथि विभिन्न क्षेत्रबाट हुने सबै खाले शोषण तथा हेपाहा प्रवृतिको अन्त्य गर्ने।
७) हामी कर सहयोगिहरु बीच आपसी समझदारी कायम गर्दै आफ्नो पेशालाई मर्यादीत र आपसी सुमधुर सम्बन्ध कायम गर्ने।
८) नेपाली नागरीकको हैसीयतले राजश्व संकलन र वृद्धिमा सहयोग पुर्याउन ।
९) राजस्व प्रशासनलाई पारदर्शी तथा अनुशासित बनाउन ।
१०) राजस्व प्रशासनको क्षेत्रमा रहेका विकृती र विसंगतीको अन्त्य गर्न ।