उपस्थित राष्ट्रिय परिषद्का प्रतिनिधि सदस्यहरु
पर्यवेक्षक एवम् स्वयमसेवक सदस्यहरु
अभिवादन, नमस्कार ।
हाम्रो प्यारो संगठन “कर सहयोगी श्रमिक संगठन नेपाल” को चौथो राष्ट्रिय परिषद्को बैठकमा छौ । हाम्रो संगठन को स्थापना भएको १८ औं वर्ष लागिसकेको याहांहरु सबैमा वितित नै छ । आजसम्म आईपुग्दा हामि विभिन्न आरोह अवाराह पार गर्दै संगठन विस्तार गठन पुर्नगठन गर्दै मजबुत र गतिशिल बनाईरहेका छौ । हामि यस पेशामा जति नै असहजता, अवरोध हरु आईपरेता पनि कत्तिपनि बिचलित नभई पेशागत मर्यादा, गतिशिलता, कर्तब्यनिष्ठा कायम गर्दै अगाडि बढिरहेका छौ । कर लेखाको क्षेत्रमा काम गरीरहेका असंगठित व्यक्तिहरु पनि संगठनमा आवद्ध हुन रुचि राखिरहनु भएको छ ।
शुरुका दिनमा आन्तरीक राजश्व विभाग जनप्रशाशन क्याम्पस बाट संयुक्त रुपमा लिईएको परिक्षामा सामेल भई परिक्षा पास गरेका साथिहरुलाई मात्र संगठनमा आवद्ध गराएकोमा संगठन विस्तार गर्ने क्रममा कर लेखाको क्षेत्रमा काम गरीरहेका अनुभवि र दक्ष व्यक्ति हरुलाई पनि संगठित गर्दै आ.रा.का रहेमा स्थान हरुमा जिल्ला स्तर कमिटी र सेवा कार्यलय रहेका स्थान हरुमा ईलाका स्तरका कमिटी हरु गडन गरिरहेका छौ ।
आन्तरीक राजश्व विभागले जुन उद्देश्य र अपेक्षा लिएर कर सहयोगीको परिक्षा लिएको थियो । यस क्षेत्रमा काम गरिरहेका हामि परिक्षामा सामेल भएका थियौ त्यो उद्देश्य र अपेक्षा अनुशार कर सहयोगी लाई समेट्न सकेको देखिदैन । परिक्षाका बखत लेखापरिक्षक तथा कर्मचारी समेत परिक्षामा सहभागी भई उर्तिर्ण हुनुभएको थियो ।
२०६३ साल मा कर सहयोगी प्रमाणपत्र लिनुभएका साथिहरु पटक पटक को भेला द्धारा श्रम ऐन अन्तर्रगत श्रम विभागमा दर्ता भई संगठन विस्तारको अभियान जारी भएको हो । केन्द्रमा केन्द्रिय कमिटी, जिल्ला मा जिल्ला कमिटी ईलमा स्तरका कमिटी गठन भएका छन् । सोहि अनुशार गठन अधिवेशन, सम्मेलन, आदि यस संगठनले निरन्तर रुपमा गरिरहेको छ । गठन गर्न बाकि रहेका स्थान हरुमा चाडो भन्दा चाडो गठन गर्ने योजना समेत रहेको छ ।
हाम्रो संगठन का उद्देश्य संग मिल्दा जुल्दा पेशागत संगठनहरुमा आवद्ध हुने, आफ्ना उद्देश्य तथा बिचार हरु एक आपसमा लिने दिन कामहरु निरन्तर रुपमा गरिरहेका छौ । स्वदेशमा पेशागत माहासंघ व्त्ग्ऋऋ चेम्बर अफ कमर्श साथै अन्य व्यवसायिक संगठन हरुमा पनि आवद्ध हुने आफ्ना सदस्यहरुलाई ति संगठनहरुका कमिटीहरुमा समेत आवद्धता गराउने काम पनि भईरहेको छ र ति संगठनहरु बाट हामिलाई सल्लाह, सुझाव, राय प्राप्त भईरुहेको छ । हाम्रो संगठन कुनै राजनितिक संगठन नभएको हुदा यस संगठनमा सबै खाले बिचार, सिन्द्धान्त, निष्ठा बोकेका व्यक्तित्व हरु सामेल हुनुहुन्छ । संगठनको कमिटीका तर्फबाट पनि सबै खाले बिचार समुह प्रति अथावा क्षेत्र तथा लिङ्गग तथा जात भेदभाव, बैरभाब गरिएको छैन र हुने पनि छैन । हाम्रो संगठन विश्व टे«ड युनियन त्ग्क्ष्एक्(ब् ९ब्कष्ब एबअषष्अ च्भनष्यल० मा समेत आबद्ध छ । कर सम्बन्धि ऋयगलकभष्लिन गर्ने अन्य संगठन हरुमा समेत आबद्धता हुने कोशिस जारी छ ।
हाम्रो भुमिका
देशको राजश्व असुलि, करमा दर्ता ल्यल(ँष्भिच घटाउने, भ्त्म्क् ईन्ट्री तथा ख्भचषथ समयमै आय कर तथा मु.अ. कर विवरण पेश गर्ने लगायत करदाता शिक्षा दिने कार्यमा हाम्रो संगठनको पनि ठुलो भुमिका रहेको छ । कर तथा लेखाको क्षेत्रमा कर सहयोगी हरुको भविष्य उज्वल छ । यस क्षेत्रका हाम्रा साझा समस्यालाई पहिचान गर्नुपर्दछ । त्यसलाई सुत्रबद्ध गर्नुपर्दछ । त्यसका लागि हाम्रो शक्तिलाई अझै बलियो मजबुत र सुदृढ बनाउनु पर्दछ । यस क्षेत्रमा कार्यरत सबै कर सहयोगी हरुलाई गोलबद्ध गर्नु पर्दछ । हाम्रो धेरै मागहरु सक्बोधन भएपनि केही महत्पुर्ण मागहरु अहिले पनि जस्ताको त्यस्तै छन् । हाम्रा समस्याहरु विद्यमान छन् । यसलाई सुत्रबद्ध गरेर आगामि कार्ययोजना बनाएर जोडदार रुपमा उठाउनु पर्दछ । हाम्रा आगामि कार्ययोजनाहरु र संगठनका मागहरु यस प्रकार छन् ।
विगतका वैठकका निर्णयका अनुमोदन
१) केन्द्रिय सचिवालयको १२ औं बैठक सम्मका निर्णयको अनुकोदन
२) केन्द्रिय कमिटी को ५ आंै बैठक सम्मका निर्णयको अनुमोदन
आगामि कार्ययोजनाहरु
१) नेपालको संविधान २०७२ अनुकुल हुने गरी ७ ओटै प्रदेश कमिटी गठन गर्ने ।
२) संगठनका जिल्ला सम्मेलन हुन बाकी जिल्ला हरुको जिल्ला सम्मेलन २०८२ साल भित्र गरीसक्ने ।
३) केन्द्रिय कार्यालय लाई आधुनिक प्रविधियुक्त रेकर्ड राखी अझ ब्यवस्थित गर्ने ।
४) कर तथा लेखाको क्षेत्रमा काम गर्ने श्रमिक हरुलाई ब्यवस्थित शशक्त र बलियो बनाउने ।
५) हरेक बर्ष भाद्र १७ गते लाई विभिन्न रचनात्मक कृयाकलाप गरी देश भर स्थापना दिवश को रुपमा मनाउने ।
६) कर सहयोगी हरुलाई समयानुकुल दक्ष बनाउन तालिम, गोष्ठि, सेमिनार, संचालन गरी पेशालाई सम्मानित र मर्यादित बनाउने ।
७) निजि क्षेत्रका व्यापारी तथा संघ संस्था हरु संग सुमधुर सम्बन्ध कायम गर्ने र सबै करदाता हरु संग समान व्यवहार कायम गर्ने ।
८) करदाता मैत्री राजश्व राजश्व निति निर्माण गर्न पहल गर्ने ।
९) करदाता दाई करको दायरामा ल्याउन आ.रा विभाग र अन.रा.का संग सहकार्य गरी करदाता शिक्षा संचालन गर्ने ।
१०) सरकारले बजेट निर्माण गर्दा हरेक बर्ष सरकारलाई सुझाव दिन र बजेट सम्बन्धि अन्र्तरक्रिया गर्ने ।
११) कर कार्यालयमा प्रवेश गर्दा कर सहयोगी को पहिचानको निम्ति क्ष्मभलतष्तथ ऋबचम को व्यवस्थाको लागि पहल गर्ने ।
१२) संगठनले आफ्नो मागहरु पुरा गर्नका लागि सरकारका सम्बन्धित निकाय, निजि क्षेत्र र सम्बन्धित क्षेत्रका विज्ञसंग अन्तर्रक्रिया गर्ने, संगठन सम्बन्धि लेख रचना प्रकाशन गर्ने र समय समय मा पत्रकार सम्मेलन गर्ने ।
हामिले सुधार गर्नुपर्ने आचरण तथा व्यवहारहरु
उद्योगी, व्यापारी, तथा राजश्व कार्यालयका कर्मचारी हरु संग नङ्ग र मासु जस्तै सम्बन्ध रहेको हुदा संगठनमा संलग्न केन्द्रिय तथा जिल्ला स्तरका पदाधिकारी वा अन्य सम्पुर्ण सदस्य हरु ले वहांहरु प्रति गर्ने व्यहार आचरण तथा अन्य गतिविधि गलत छन भने सुधार गरेर आफ्नो कर्तव्य, कार्यनिष्ठा र व्यवहार मा पनि सुधार ल्याउन जरुरी छ ।
चार्टड एकाउन्टटेन्ट संग कर सहयोगी हरुको दिनानुदिन गरीने कार्य तथा गतिविधि हरु संस्थागत रुपमा खासै नभएतापनि व्यक्तिगत रुपमा मैत्रीपुर्ण र सौहार्दपुर्ण रहेको छ । त्यसैगरी लेखापरीक्षक ९च्ब्० हरु संग सम्पुर्ण कर सहयोगी हरुको निकटता, भातुत्त एक आपसमा सहयोगत्मक रहेको छ । पेशागत हिसाबले बहां हरु संग को सम्बन्ध नङ्ग र मासु जस्तै रहेको छ । यसलाई कायम राख्न हरदम प्रयत्नरत रहनुपर्छ । हामि जति सकरात्मक भयौ त्यति नै हामिप्रति पनि वहांहरु सकरात्मक रहनुहुनेछ भन्ने आशा राख्दछौ ।
हाम्रो संगठन का उद्देश्य संग मिल्दा जुल्दा पेशागत संगठनहरुमा आवद्ध हुने, आफ्ना उद्देश्य तथा बिचार हरु एक आपसमा लिन दिन कामहरु निरन्तर रुपमा गरीरहेका छौ । स्वदेशमा पेशागत माहासंघ, व्त्ग्ऋऋ , चेम्बर अफ कमर्श साथै व्यवसायिक संगठन हरुमा पनि आबद्ध हुने आफ्ना सदस्यहरुलाई ति संगठनहरुका कमिटीहरुमा समेत आबद्धता गराउने काम पनि भईरहेको छ र ति संगठनहरु बाट हामिलाई सल्लाह, सुझाव, राय प्राप्त भईरहेको छ । हाम्रो संगठन कुनै राजनितिक संगठन नभएको हुदा यस संगठनमा सबै खाले बिचार,सिन्द्धान्त, निष्ठा बोकेका व्यक्तित्व हरु सामेत हुनुहुन्छ । संगठनको कमिटी तर्फबाट पनि सबै खाले बिचार समुह प्रति अथवा क्षेत्र हुन्छ ।
संगठनका गतिबिधिहरु
— हाम्रो संगठनले आ.रा.का संग अन्तर्रकृया कार्यक्रम, कर दिवश अवशरमा सहभागिता साथै विविध कार्यक्रम
— रचनात्मक कामहरु, रक्तदान कार्यक्रम, अपाङ्ग बालबालिका तथा वृद्ध, वृद्धालाई आर्थिक तथा भौतिक सहयोग निन्तर रुपमा गरीहेको छ ।
— हाम्रा संगठनका साथिहरु लाई दक्ष र कर्मठ बनाउन चार्टड एकाउन्टटेन्ट हरु बाट समय समय मा ल्ँच्क्,क्ःभ्क् साथै लेखा सम्बन्धि अन्य टे«निङ्ग गराईरुहेका छौ र आगामि दिनहरुमा पनि जारी नै रहने छ ।
— विज्ञ हरु बाट क्यातधबचभ सम्बन्धि टे«निङ्ग तथा परामर्श गराईरहेका छौ ।
— आन्तरीक राजश्व विभाग तथा राजश्व कार्यालय लाई समय समयमा राय तथा सुझाव
— आन्तरीक राजश्व कार्यलय संग आर्थिक विधयेक २०७९।०८० सम्बन्धि बिषयमा छलफल तथा अन्तर्रक्रया सम्पन्न गरीयो ।
— संगठनको आफ्नै ध्भदकष्तभ ीगलअज गरेका छौ । ध्भदकष्तभ मा गएर विवरण हरु हेर्न सक्नुहुनेछ ।
ध्भदकष्तभ स्( धधध।अयधलत।यचन।लउ
संगठनका मागहरु यस प्रकारका छन्
१) मु.अ कर नियमावलिको नियम ५८ (क) (२) को कार्वन्वयन तुरुन्त गरीयोस् ।
२) कर सहयोगीको परीक्षा पुन संचालन गरीयोस् साथै प्रमाण पत्रको नबिकरण पनि गरीयोस् ।
३) कर सहयोगी हरु संग सुमधुर सम्बन्ध कायम गर्दै पेशा प्रति सम्मान गर्न उत्कृष्ट कर सहयोगी बर्ष पुरस्कारको व्यवस्था गरीयोस् ।
४) कर लेखाको क्षेत्रमा गैर नागरीकले पनि काम गरीरहेका छन् । यसको अन्त्य गरीयोस् ।
५) कर सहयोगीको स्तर वृद्धी विकासका निम्ति विभागबाट नि शुल्क तालिम गोष्टि र अन्तरक्रिया जस्ता कार्य बर्षमा कम्तिमा ३÷४ पटक व्यवस्था गरियोस् ।
६) कर दिबश को उपलक्ष्यमा करदाता लाई गरीने सम्मानमा बस्तुगत आधारमा साना, मझौला तथा ठुला करदाता हरुलाई सम्मान गरीने विधि अपनाईयोस् ।
अध्यक्ष
तारानाथ दाहाल
केन्द्रिय कमिटी