कर सहयोगी श्रमिक संगठन, नेपाल

Tax Counsellor Workers Organization of Nepal

केन्द्रिय समिति, बबरमहल, काठमाडौँ

Central Committee, Babarmahal, Kathmandu

अध्यक्षज्यूको सन्देश

हामी कर सहयोगी राज्यले दिएको पहिचान कर तथा लेखा क्षेत्रमा काम गरीरहेका व्यक्त्ति सङगठित भएर श्रम ऐन अनुसार श्रम विभागमा दर्ता गरीएको संगठन हो । कर सहयोगी श्रमिक संगठन नेपालको केन्द्रीय कमिटी काठमाण्डौमा, सबै प्रदेशमा प्रदेश कमिटि र कर कार्यालय तथा सेवा कार्यालय रहेका  स्थानहरुमा जिल्ला र ईलाका स्तरका कमिटीहरु रहेका छन् । हाम्रो संगठन राष्ट्रिय स्तरमा पेसागत माहासंघ नेपाल र अन्तरास्ट्रीय स्तरमा WFTU ,TUIP, SA मा आवद्ध रहेको छ । यस संगठनमा संगठित वा असंगठित भई स्वरोजगारको क्षेत्रमा कर सम्बन्धी काम गर्नेको संख्या उल्लेख्य रहेको छ ।पेशागत मर्यादा कायम राख्दै , कर सम्बन्धित ऐन, कानून् तथा नियमको परीपालना गर्दै पेशालाई मर्यादित र अनुशासित बनाएर लान हामी हाम्रा सदस्यहरुलाई अनुरोध गर्न चाहन्छौ । उद्धोगी ,व्यवसायीको कारोवार स्थलमा गएर कर सम्वन्धी जानकारी दिने, समयमा नै कर विवरण पेश गर्न, लाग्ने कर तथा दायित्व समयमानै बुझाउन र दण्ड तथा जरीवाना र अन्य झन्झट वाट वच्न अनुरोध गर्ने, उनीहरुले तिर्न बुझाउन पर्ने कर तथा विवरण बुझाउन सुझाव, सल्लाह तथा सहयोग गर्ने काम पनि कर सहयोगीले गर्दै आएका छन् । त्यसैगरी कर कार्यालयलाइपनि उसको आफ्नो प्रर्शासन यन्त्रम लाग्ने खर्चको बचत कर सहयोगीका कारण ले भएको छ। हाम्रो दायित्व वा लक्ष्य आफ्नो संगठनलाई मज्वुत र किर्याशिल वनाउने र अधिकतम कर अशुलीमा राज्यलाइ सहयोग गर्ने रहेको छ । आगामी दिनमा हाम्रो संगठनलाइ अन्तराष्ट्रिय रुपमा सम्बन्धित संस्थामा आवद्ध गर्न पहल गरिने छ ।