संगठनको स्थापना गर्नुको उद्धेश्य
करलेखाको क्षेत्रमा लामो समय देखि काम गरिरहेका अस्थायी प्रकृतिका र असंगठित क्षेत्रका श्रमिकहरुको देश भरिमा नै एक मात्र संगठन हो नेपाल कर सहयोगी श्रमिक संगठन ।२०६२ सालमा तत्कालिन श्री ५ को सरकारले कर सहयोगीको अवधारणा ल्याई परिक्षा लिने काम गर्यो । त्यस पछि कर सहयोगीहरुले २०६३ सालमा कर सहयोगी श्रमिक संगठनको स्थापना गरि, संगठित र संस्थागतरुपमा अगाडी बढिरहेको छ । यो संगठन स्थापना भएपछि सदस्यहरुले व्यापारी र उद्योगीहरुलाई कर लेखा राख्न, समयमा कर तिर्न, व्याज र जरिवानाबाट मुक्त रहन, दर्ता गरेर मात्र व्यवसाय गर्न र कर सम्बन्धि ऐन कानूनको बारेमा जानकारी राख्न सहयोग गरिरहेको छ ।
त्यस्तै राज्यलाई राजस्वमा रहेको बक्यौता असुली गर्न, ननफाईलर हटाउन, व्यवसायीलाई करको दाहेरामा ल्याउन, ऐन–कानून सम्बन्धि करदातालाई बुझाउन साथै व्यावसायको प्रकृति हेरी व्यावसाय, उद्योग तथा सेवा हरुको दर्ता प्रक्रिया देखि खारेजीको प्रक्रिया सम्मका कार्य र घर बहाल तिर्न प्रेरित गर्ने कार्यमा सहयोग गर्दै आएकोछ । यो संगठनले राजस्व असुली, करको क्षेत्र बिस्तार गर्न, व्यवसायी तथा सरकारललाई सहयोगीको भूमिका निर्वाह गर्दै आइरहेको छ । यसरी उद्यमी ब्यापारी र कर प्रशासनलाई दैनिक कर सम्बन्धि कामको सहयोग पुर्याउने काम गरिरहेको छ । तर यो पेशालाई मर्यादित बनाउने सवालमा सरकारले वा सम्बन्धित निकायले ध्यान दिएको छैन । हामी विगत लामो समय देखि हाम्रो आफ्नो पेसाको अधिकार र पहिचानको निम्ती आवाज उठाइरहेका छौं । हाम्रो आवजलाई राज्यले हल्का ढंगले लिएको छ । हाल (२०६२।०६।१४) मा मुल्य अभिबृद्धि कर नियमावलीको २०५३ को मूल नियमावलीमा नियम थप गरी नियम ५८ (क) १ मा करसहयोगी राख्न सक्ने (१) करदाताले कर सम्बन्धमा आवश्यक जानकारी ताथा सहयोग लिन कर सहयोगी राख्न सक्ने छ । (२) उपनियम (१) बमोजिमको कर सहयोगीको लागि आवश्यक पर्ने योग्ता, निजको स्तर लगायत अन्य ब्यवस्था विभागले तोके बमोजिम हुने छ । भन्ने ब्यवस्था भए पछि संगठन निर्माण तर्फ हामी कर सहयोगीहरु एकजुट भई संगठन स्थापना गर्ने निधो गरी २०६३ साल भाद्र १७ गते नेपाल कर सहयोगी श्रमिक संगठन नामको संगठन स्थापना गरियो ।