महासचिवज्यूको सन्देश ...
जानकारी गराउन चाहान्छु । २०६२ असोज महिनाको राज पत्रमा प्रकाशित गरी आन्तरिक राजश्व विभाग र जनप्रशासन क्याम्पसको संयुक्त आयोजनमा स्तर १ र स्तर २ को परिक्षा लिई नेपाल अधिराज्य भरीबाट करिव १७ सय जना जतीले पास गरी प्रमाण पत्र लिएका थियौं । यही प्रमाण पत्रको आधारले हामी कर लेखा क्षेत्रमा काम गर्दै आएका साथीहरु मिली २०६३ साल भाद्र १७ गते आर.आर क्याम्पसको हलमा बसी कर सहयोगी श्रमिक संगठन नेपालको बिधिवत रुपमा स्थापना गरेको व्यहोरा जानकारी गराउन चाहान्छु । यो संस्था श्रम विभाग नयाँवानेश्वरमा दर्ता रहेको अवगत गराउन चाहान्छु । यस संस्थाको संरचना केन्द्रिय कमिटि, प्रद्रेश कमिटि र जिल्ला कमिटि रहेको छ । यो संस्था कर सहयोगी श्रमिक संगठनमा आवद्ध भएका सदस्यहरुको हकहित गर्ने र सरकार र निजी स्तरको सहयोगीको भूमिका निर्वाह गर्ने, राजश्व असुलीमा सहयोग गर्ने, राजश्वको दायरा फराकिलो पार्न सहयोग पुर्याउने, ननफाईलर हटाउन सहयोग पु¥याउने सन्दर्भमा प्रमुख भूमिकामा कर सहयोगीहरुको रहेको छ । आज विकसित मूलुकहरु युरोप अमेरिका जस्ता देशहरुमा Tax Filing को प्रमुख भुमिका Tax Consultant को रहेको कुरा अवगत गराउन चाहान्छु । यो संस्था पनि अन्तराष्ट्रिय ट्रेड युनियनमा आबद्धता भएको अवगत गराउन चाहान्छु । अन्तमा सवै कर लेखा क्षेत्रमा काम गर्ने मित्रहरुमा ऐन नियमको पालना गरी कर प्रशासन तथा करदाता मैत्री भई यस क्षेत्रको गरिमा बढाई दिनहुन हार्दिक अनुरोध गर्दछु। जय कर सहयोगी ! जय कर सहयोगी !! जय कर सहयोगी !!!
नवराज बर्तौला
केन्द्रिय महासचिव