संगठनका मागहरु यस प्रकारका छन् ।
१. मु.अ. कर नियपावलीको नियम ५८ (क) को कार्यान्वयन तुरुन्त गरियोस् ।
२. कर सहयोगीको प्रमाण पत्रको प्रत्येक बर्ष नविकरण गर्ने व्यवस्था गरियोस् ।
३. कर सयोगी परिक्षा पूनः सञ्चालन गरियोस ।
४. कर सहयोगी प्रमाण–पत्रको नविकरण र परिक्षा सञ्चालन गर्दा कर सहयोगी संगठनको सिफारिस अनिवार्य गरियोस् ।
५. कर सहयोगीले कार्यालयमा गएर काम गर्दा कुनै पनि काममा नाम र प्रमाण–पत्र नं. उल्लेख गर्नु पर्ने अनिवार्य ब्यवस्था गरियोस् ।
६. आयकर तर्फ १ करोड सम्मको वासलातमा कर सहयोगीले सहि गर्ने र नं राख्ने व्यवस्था अनिवार्य गरियोस् ।
७. आ.रा का मा गएर काम गर्दा कर सहयोगीको प्रमाण–पत्र अिनवार्य गरियोस ।
८. कर सहयोगी प्रति हुने गरेको अपमानित व्यवहारको अन्त्य गरि पेशा प्रति सम्मान गर्न उत्कृष्ट कर सहयोगी बर्ष पुरस्कारको व्यवस्था गरियास् ।
९. कर लेखाको क्षेत्रमा गैर नागरिकले पनि काम गरिरहेका छन् । यस्को अन्त्य गरियोस् ।
१०.कर सहयोगीको स्तर बृद्धि विकासका निम्ति विभागबाट निशुल्क तालिम, गोष्ठि र अन्तरक्रिया जस्ता कार्य बर्षमा कम्तीमा ३/४ पटक व्यवस्था गरियोस् ।
११.कर सहयोगीहरको सुरक्षाका निम्त बार्षिक रु.१० लाख बराबर विमाको व्यवस्था गरियोस् ।
१२.कर सहयोगी राहत बचतको कोषको व्यवस्था गरियोस् ।
१३.राजस्व बृद्धि, बक्यौता असुली, राजश्वको क्षेत्र विस्तार र राजश्वको अन्य कार्यमा विभाग, कार्यालय र करदातालाई सहयोग पु्ययाई उत्कृष्ट काम गर्ने कर सहयोगी
मध्यबाट उत्कृष्ट कर सहयोगी बर्ष पुरस्कारबाट सम्मानित गर्ने व्यवस्था गरियोस् ।